कास्कीमा हाईड्रोपावरमा सुपरभाईजर मृत फेला

पोखरा, २९ पुस /कास्की मादी गाउँपालिका वडा नम्बर ९ मा निर्माणाधीन विन्दबासिनी हाईड्रोपावरमा सुपरभाईजर पदमा कार्यरत एक जना मृत भेटिएका छन् ।

जिल्ला गोरखा पालुङ्टार घर भई हाल हाईड्रोपावरमा सुपरभाईजर पदमा कार्यरत दिपेन्द्र देबकोटा मृत भेटिएका हुन् ।
शुक्रबार राती देखि नै हरायकोमा खोजतलाश गर्दै जाने क्रममा शनिबार मृत भेटिएका हुन् ।

मिजुरे बालुवा बेंशीको जंगलमा मृत अवस्थामा फेला परेको स्थानीयले जानकारी दिए । उनको हत्या भएको हुन सक्ने स्थानीयले बताए । प्रहरी घटनाको बोर बुझ्न त्यस तर्फ गएको छ ।

कमेन्टहरु
Loading...