करेन्ट लागेर पोखरामा प्रहरीको मृत्यु

पोखरा, ७ जेठ /प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत एक प्रहरीको करेन्ट लागेर मृत्यु भएको छ । वडा प्रहरी कार्यालय बगर कास्की दरबन्दी भई प्रदेश ४ प्रहरी कार्यालय पोखरामा कार्यरत प्रहरी कार्यालय सहयोगी महन्थू चौधरीको मृत्यु करेन्ट लागेर मृत्यु भएको हो ।

जेष्ठ ६ गते विद्युतको काम गर्ने सिलसिलामा असमायिक निधन भएको हो । २०४१ साल चैत्र १० गते सप्तरी जिल्लाको गंगाजलि ५ मा जन्मिनुभएका महन्थु चौधरी २०६४ साल भाद्र १५ गते प्रहरी तालिम केन्द्र बुटवल रुपन्देहीबाट नेपाल प्रहरीको प्रहरी कार्यालय सहयोगी पदमा भर्ना भई तत्कालिन क्षेत्रिय प्रहरी कार्यालय, हालको ४ प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत रहेका थिए ।

उनको पार्थीव शरीरलाई जेष्ठ ७ गते सोमबार पश्चिमान्चल क्षेत्रिय अस्पताल पोखराको प्राङगणमा एक श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरी प्रदेश ४ प्रहरी कार्यालय पोखराका प्रहरी उपरिक्षक बिरेन्द्र कुमार बस्याल र पश्चिम क्षेत्रिय शसस्त्र प्रहरी गण मुख्यालय पोखराका प्रमुख प्रहरी उपरीक्षक लोकमणी आचार्य लगायत कास्की स्थित विभिन्न प्रहरी कर्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुद्धारा मृत आत्माको शान्तीका लागि श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

कमेन्टहरु
Loading...