पोखरामा जिप र मोटरसाईकल ठोकिदा एक घाइते

पोखरा, २२ चैत /कास्कीको पोखरा लेखनाथ महानगरपालिका ८ हर्कचोकमा जिप र मोटरसाईकल ठोकिदा एक जना घाइते भएका छन् ।

ग २ च १९५४ नम्बरको जिप र ग १३ प १५५९ नम्बरको मोटरसाईकल ठोकिदा तनहुँ जिल्ला मनपाङका १७ बर्षिय रञ्जित थापा घाईते भएको प्रहरीले जानकारी दिएको छ । उनको पोखराको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भएको छ ।

जिप, जिप चालक र मोटासाईकल नियन्त्रणमा लिए अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।

कमेन्टहरु
Loading...