पोखरा आउदै गरेको जीप दुर्घटना, एकको मृत्यु ६ घाइते

दुर्घटना
0 662

तनहुँ, १५ वैशाख / नवलपुरको डेढगाउँबाट पोखरातर्फ आउदै गरेको जिप तनहुँको घिरिङ गाउँपालिका–५ बेलभञ्ज्याङमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जीप दुर्घटनामा परि छ जना घाइते भएका छन् ।

ग १ ज ७५०२ नं को जीप सडकबाट ३ सय मिटर तल खस्दा नवलपुर बैदिक कालिका गाउँपालिका–२ बस्ने २३ वर्षीया सन्जु पोखरेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पोख्ररेलको पोखराको गण्डकी अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेहरुमा जीपका चालक ३१ वर्षीय चामबहादुर दमै, सहचालक २१ वर्षीय सन्तोष परियार, नवलपुर बैदिककालिका गाउँपालिका–२ बस्ने ५४ वर्षीया दिलमाया खत्री, सोही ठाउँ बस्ने २६ वर्षीया सुनिता खत्री, ७ वर्षीय अभिषेक खत्री, ६ महिनाका अनिल खत्री रहेका छन् ।

बालक अनिल खत्रीको आँखाको उपचारका लागि पोखरा आउदै गरेको जीप दुर्घटनामा परेको थियो । घाइतेमध्ये दिलमायाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...