जीप दुर्घटना हुदाँ ५ को मृत्यु

सुर्खेत, १२ मंसिर / सुर्खेतबाट दैलेखको बाहाकोट जाँदै गरेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । भे १ च २२०७ नम्वरको बोलेरो जीप बुधबार बिहान ठाँटीकाँध गाउँपालिका–३ को धामीगाउँ नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा ठाँटीकाँध गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रबहादुर शाही, ३० वर्षीय निर्मल वम, ठाँटीकाँध–२ का ३० वर्षीय रमेश शाही, ४६ वर्षीया रत्ना शाही र ठाँटीकाँध–४ का दिलिप शाहीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

राजेन्द्र र निर्मलाको घटनास्थलमै र बाँकीको उपचारका लागि सुर्खेत ल्याउने क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । मोडमा जीप ब्याक गर्ने क्रममा जीप सडकदेखि ५० मिटर तल खसेको थियो ।

जीपमा आठ जना सवार थिए । दुर्घटनामा घाइते भएका ठाँटीकाँध–१ का २८ वर्षीय शम्शेर बम, ३० वर्षीय युद्ध सुची र २८ वर्षीय मनिश राष्कोटी समेतको अवस्था गम्भीर रहेको छन् ।

कमेन्टहरु
Loading...