जेब्राक्रसमा माइक्रो बसले ठक्कर दिँदा एकको मृत्यु, चार घाइते

काठमाडौं, २३ पुस / काठमाडौंको सामाखुसीस्थित जेब्रा क्रसमा माइक्रो बसले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

सोमबार दिऊसो बा१ज ९७६६ नम्बरको माइक्रो बसले ठक्कर दिँदा धुम्बाराहीकी सीता दाहालको मृत्यु भएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जले जनाएको छ ।

खोटाङकी सपना राई, कोटेश्वरका सुशील अधिकारी, सरिता अधिकारी, धुम्बाराहीकी लक्ष्मी सापकोटा घाइते छन् । घाइतेमध्ये सापकोटाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइतेको सामाखुसीस्थित अल नेपाल अस्पतालमा उपचार भइरहेको छ । चालक र माइक्रोलाई नियन्त्रणमा लिइएको उनले बताए ।

कमेन्टहरु
Loading...