पृथ्बीनारायण क्याम्पसबाट चोरी भ​एका बिद्यार्थी परिचय पत्र भेटिए

कृष्ण आचार्य​,पोखरा ,१९ फागुन /पोखराको पृथ्बीनारायण क्याम्पसबाट गत फागुन १४ गते राती हराएका बिद्यार्थी परिचय पत्र भेटिएका छन् ।अज्ञात समुहले क्याम्पसको विज्ञान संकायको प्रशासनिक भवन तोडफोड गरी गत फागुन १४ गते राती चोरी गरेको बिद्यार्थी परिचय पत्र बिहिबार बेलुका पोखराको रानिपौवा स्थित रञ्जित काष्ठ उद्योग नजिकै भेटिएको कास्की प्रहरीले जनाएको छ ।

पृथ्बीनारायण क्याम्पसबाट चोरी भएका बिद्यार्थी परिचय पत्र भेटिए

रानिपौवाको रञ्जित काष्ठ उद्योग नजिकै व्यवारिसे अवस्थामा परिचय पत्र भेटिएको बताउदै मुचुल्का उठाएर थप अनुसन्धान सुरु गरिएको कास्की प्रहरी प्रमुख एसपी घनश्याम अर्यालले जानकारी दिए । उमेदवारको मनोनयन दर्ता भएर नामावली प्रकाशित भएको रात अर्थात् फागुन १४ गते राती अज्ञात समुहले क्याम्पसको विज्ञान संकायको प्रशासनिक भवन तोडफोड गरी बिद्यार्थी परिचय पत्र चोरी गरेपछि निर्वाचन विथोलिएको थियो ।

माओबादी केन्द्र निकट अखिल क्रान्तिकारीले एमाले निकट अनेरास्ववियुले राती झण्डै साढे चार सय परिचयपत्र चोरी गरेको आरोप लगाउदै निर्वाचन समितिको सचिवालयमा ताला लगाएपछि निर्वाचन सम्बन्धि अन्य कुनै प्रक्रिया अघि बढ्न नसक्दा बुधवार हुने भनिएको निर्वाचन बिथोलिएको थियो ।विवादको कारण पूर्वनिर्धारित निर्वाचन तालिका अनुसार बुधबार रोकिएको पृथ्बीनारायण क्याम्पसको मतदान फागुन २५ गते हुने क्याम्पस प्रशासनले बुधवार सुचना प्रकाशित गरी जानकारी दिईसकेको छ ।

कमेन्टहरु
Loading...