खेलौनाको बिषयमा पोखरामा १४ वर्षीय बालकले गरे ५ वर्षीया बालिकाको हत्या

पोखरा, १२ चैत /पोखरा नयाँबजारमा मृत भेटिएकी ५ वर्षीया बालिकाको हत्याको कारण खुलेको छ । पोखरा–लेखनाथ महानगरपालिका– ९, नयाँबजारमा रहेको निट एण्ड क्लिन सर्भिस प्वाइन्टमा काम गर्ने १४ वर्षीय पुन थरका किशोरले पाल्पा घर भै पोखरा–लेखनाथ महानगरपालिका–९, निवासी बिना थापाकी ५ वर्षीया छोरी बिहानी थापाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

आफ्नो खेलौना बिगारेको भन्दै बालकले बालिकाको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । ती बालक प्रहरी नियन्त्रणमा छन् । बालकको नाम र ठेगानाको बारेमा अनुसन्धान भैरहेको छ । आइतबार साँझ हराएकी बालिका खोज्ने क्रममा राति १० बजे सिमेन्टको बोरा, ढुंगा र बालुवाले छोपेको अवस्थामा शव भेटिएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी खड्गबहादुर खत्रीले बताए ।

कमेन्टहरु
Loading...