असई हत्याका आरोपि प्रहरी इन्काउन्टरमा मारिए

सप्तरी ,९ माघ/ प्रहरी इन्काउन्टरमा सप्तरीमा बुधबार बिहान एकजनाको ज्यान गएको छ । असईको हत्या र हबल्दारलाई घाइते बनाएको आरोप लागेका सप्तरीको कडरबोना निवासी दीपेन्द्र जयसवाल भनिने दिपेन्द्र चौधरी राजविराज रुपनी सडकखण्ड अन्तर्गत रायपुर नजिकै प्रहरी कार्वाहीमा मारिएका हुन् ।सप्तरी प्रहरी प्रमुख एसपी राजेन्द्र विष्टले बुधबार बिहान ४ बजे गस्तीमा खटिएको प्रहरी टोलीमाथि एक राउण्ड फायर गरेपछि जवाफी फायरिङ् गर्दा उनको मृत्यु भएको जानकारी दिए ।चौधरीमाथि २ गोली लागेको छ ।

प्रहरीका अनुसार मृतक चौधरीको साथबाट एक राउण्ड कटुवा पेस्तोल समेत बरामद भएको छ ।गएको एक साताअघि सप्तरीमै प्रहरी हवल्दार महेन्द्र चतरी यादवमाथि गोली प्रहार गरेको घटनामा उनको संलग्नता रहेको प्रहरीले जनाएको छ ।मोटरसाइकलमा आएका समूहको गोली प्रहारपछि प्रहरी हवल्दार यादव घाइते भएका थिए । सप्तरीको खडक नगरपालिका अन्तरर्गत बोदे बर्साइन जाने बाटोमा ड्युटीमा खटिएका प्रहरीमाथि गोली प्रहार भएको थियो ।

दीपेन्द्र २०७२ सालमा प्रहरी असई रमेश सुब्बाको हत्यामा संलग्न रहेको बताइएको बताइएको छ । त्यतिबेला उनले प्रहरीको भ्यानमाथि एम्बुस थापेर घटना गराएको प्रहरीको दाबी छ ।यस्तै उनी अन्य विभिन्न आपराधिक कार्यमा पनि संलग्न भए पाइएको प्रहरीले जनाएको छ ।तराईको सशस्त्र समूह गोइत समूहको पूर्व कार्यकर्ता चौधरी अहिले आफ्नै समूह बनाएर चन्दा असुली, हप्ता असुली गरी भूमिगत गतिविधि सञ्चालन गर्दै आइरहेको बताइएको छ ।

कमेन्टहरु
Loading...