पोखराको गुफाडाँडामा महिला मृत अवस्थामा फेला

पोखरा, १८ फागुन /पोखरा लेखनाथ महानगरपालिकाको १८ गुफाडाँडा एक महिला मृत फेला परेकी छन् ।

टिनले छाएको पुरानो टिनको छाप्रोमा मागी खाने जस्तो देखिने नाम थर वतन नखुलेकी अन्दाजी ३५ बर्षिय महिला मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

वडा प्रहरी कार्यालय बैदामको टोली घटनास्थल पुगेर अनुसन्धान अगाडी बढाएको प्रहरीको भनाई छ । महिलाको सवलाई पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखीको प्रहरीको भनाई छ ।

कमेन्टहरु
Loading...