गण्डकी प्रदेशका ठाउँ ठाउँमा दुर्घटना, एकको मृत्यु २६ घाइते

पोखरा, १४ साउन /गण्डकी प्रदेशका ठाउँ ठाउँमा भएका ४ दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । तनहुँ ब्यास १२ छिर्कने स्थित पृथ्वीराजमार्गमा दमौलीबाट डुम्रेतर्फ जादै गरेको बा २ ख ११३८ नं को हाईस र बिपरित दिशाबाट आउदै गरेको बा ४ ख ११२४ नं को आईचर (ट्क) ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

दुर्घटनामा गम्भिर घाईते भएकी काठमाण्डौ नयाँ बसपार्क बस्ने सबिना राईलाई मणिपाल अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरका प्रहरी उपरीक्षक विरेन्द्र कुमार वस्यालले जानकारी दिए ।

त्यसै गरि पर्वतको कुश्मा नगरपालीका वडा नम्बर २ नयाँपुल स्थित कुश्मा – बागलुङ सडक खण्डमा कुश्माबाट बागलुङ तर्फ जाँदै गरेको ग १ख ६४०४ नम्बरको मिनि बस र बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ६३०२ नम्बरको माइक्रो ठक्कर खाई दुर्घटना हुँदा दुबै १७ जना घाइते भएका छन् ।

सोमबार नै भएको अर्को दुर्घटनमा परि तनहुँ ब्यास १० बैरेनीमा भोर्लेटारचोकबाट बैरेनीतर्फ जादै गरेको ग१त १२७१ न को पावरटेलर र बिपरित दिसाबाट आउदै गरेको ग११ प ९६५४ न को स्कुटर ठक्कर खाँदा स्कुटर पछाडी सवार सोहि स्थानको कुमालटारी बस्ने १३ बर्षिय कृष्ण पुन मगर घाईते भएका छन् । उनको पोखरा मेट्रोसिटी अस्पतालमा उपचार भईरहेको छ ।

त्यसै गरि स्याङजा वालिङ नगरपालिका ९ भकुण्डे स्थित सिद्धार्थ राजमार्गमा वालिङबाट भकुण्डेतर्फ आउदै गरेको लु२० प८३२ नं को मोटरसाईकलले पैदलयात्री तारा बहादुर गैरेको छोरा ६ बर्षिय क्रिस गैरेलाई ठक्कर दिदा घाइते भएको छ ।

कमेन्टहरु
Loading...