पोखराको फेवातालमा डा. कुवँर मृत भेटिए

पोखरा, २६ साउन /केहि दिन देखी बेपत्ता पोखरा ७ रत्नचोकका डा. जहेन्द्र कुँवर पोखराको फेवातालमा मृत भेटिएका छन् ।

उनको शव शनिबार विहान फेवातालमा देखीएको हो । पोखरा ६ केदारेश्वर मन्दिरको नजिकै फेवातालमा उनको शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।

उनको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

परिवारले शंकास्पद मृत्यु भएको बताएका छन् । उनी साउन २४ गते साँझबाट बेपत्ता थिए ।

कमेन्टहरु
Loading...