पोखराको फेवातालमा शव भेटियो

पोखरा, ११ साउन /पोखराको फेवातालमा बिहीबार शव भेटिएको छ । पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटनका ६० बर्षिय तीर्थबहादुर नेपालीको शव भेटिएको प्रहरीले जनाएको छ ।

ड्यामसाईड स्थित कृयापुत्री भवनको नजिक फेवातालमा तैरीएर रहेको अबस्थामा उनको शव भेटिएको हो । शवको पोष्टमार्टम गरी परिवारको जिम्मा लगाईसकिएको कास्की प्रहरीका प्रबक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।

कमेन्टहरु
Loading...