फेवाताल किनारमा पुरुषको शव फेला

पोखरा, १६ साउन / पोखराको लेकसाइड स्थित खहरेको फेवाताल किनारमा एक शव फेला परेको छ ।

तालमा तैरिरहेको अवस्थामा एक पुरुषको शव बिहीबार बिहान फेला परेको प्रहरीले जानकारी दिएको छ ।

करिब ३६ वर्षको पुरुषको शवको पहिचान नखुलेको प्रहरीको भनाई छ । शवको पोष्टमार्टम लागि बिहान पश्चिमाञ्चल क्षेत्रिय अस्पताल लगिएको प्रहरीको भनाई छ ।

कमेन्टहरु
Loading...