फेवा तालमा दुई दिनमा दुईजनाको ज्यान गयो

पोखरा, २९ वैशाख / पोखरामा लकडाउनका बेला बिहानै तरकारी लिन गएका युवा फेवातालमा मृत फेला परेका छन् ।

शनिबार बिहान तरकारी लिने भनेर निस्किएका पोखरा १८ सराङकोटका ४० वर्षीय राजु बास्तोला आइतबार फेवातालमा मृत भेटिएका हुन् । उनको शव तालमा तैरिरहेको देखेपछि आइतबार बिहान स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

बास्तोलाको शव निकालेर पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा लगिएको छ । विन्ध्यवासिनी मन्दिर नजिकै बस्दै आएका उनी कसरी फेवासम्म आइपुगे र मृत्यु भयो भन्नेबारे अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय बैदामका डीएसपी यादव ढकालले जानकारी दिए ।

शुक्रबार पनि अर्का एकजनाको फेवातालमा डुबेर मृत्यु भएको थियो । कपडा फुकाल्दै एक्कासी तालमा हाम फालेका उनको बारेमा थप विवरण खुलेको छैन ।

कमेन्टहरु
Loading...