दुर्घटनामा ज्यान गुमाएका परिवारलाई मिनी मझौला समितिको सहयोग

पोखरा, ३१ असोज /स्याङ्जा दरौका ५२ वर्षिय शेषकानत अधिकारीले सवारी दुर्घटनामा ज्यान गुमाए । ऋण धन गरेर किनेको मिनी ट्रक आफैले चलाएर परिवारको गर्जो टार्दै आएका शेषकान्तका एक श्रीमती, कक्षा १ मा पढ्ने वर्ष ८ का आयुष र ५ कक्षामा पढ्ने वर्ष १२ का अभिषेक गरि दुई छोरा छन् ।

कमाई खुवाउने व्यक्तिको निधनले अधिकारी परिवारको विचल्ली भएको छ । २०७४ भाद्र १४ गते लेखनाथ को बुडि बजारमा ग.१.ख ३६०९ नम्वरको आफैले चलाएको ट्रकको सिटमै उनको प्राण पखेरु उड्यो । विपरित दिशावाट आएको ना. ६ ख. २३८० नम्वरको ट्रकले खाल्टो छल्न खोज्दा शेषकान्तले चलाएको ट्रकमा वज्रियो र चालक शेषकान्त स्टेरिङमै च्यापिए । जुन सिटमा वसेर जीवन चलाए त्यहि सिटमै उनको जिवन लिला सकियो ।

दुर्घटनामा ज्यान गुमाएका शेषकानत अधिकारी परिवारको विचल्लीलाई राहत दिन गण्डकी मझौला मिनी ट्रक संचालक समितिले ५० हजार रुपैया आर्थिक सहयोग पु¥याएको छ । सोमवार समितिका अध्यक्ष दयाराम भारतीले मृतककी श्रीमती भगवती अधिकारीलाई सहयोग रकम हस्तान्तरण गरेका थिए ।

पीडित परिवारको लागि यो सहयोग रकम सानो भएपनि नैतिक सहयोग स्वरुप उपलव्ध गराइएको अध्यक्ष भारतीले वताएका थिए । राज्यले गर्नुपर्ने विमा सहयोग का वाहेक दुर्घटना गराउने पक्ष र अन्य इकाई समितिबाट पनि मानविय सहयोग रकम जुटाउन पहल गरिने समितिका सचिव मनोज रसाइलीले वताए ।

कमेन्टहरु
Loading...