दमौलीमा दुर्घटना ४ को मृत्यु

पोखरा, १३ असार /पृथ्वी राजमार्ग अन्तरगत तनहुँको आँबुखैरेनी गाउँपालिका १ बरादीमा मंगलबार दुर्घटना हुदाँ ४ जनोको मृत्यु भएको छ ।

पोखरा तर्फ आउदै गरेको ग१ख ३०७३ नम्बरको बसले विपरीत दिशाबाट आउँर्दै गरेको बा१७च १८१४ नम्बरको कार र ग५प १९४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ४ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पर्वत कुस्माकी ३ बर्षिय ममता लामिछाने, ३५ बर्षिय कमला लामिछाने, आँबुखैरेनी ४ का नुनबहादुर खवास, र २६ बर्षिय मोटरसाइकल चालक दिलबहादुर मगर रहेका छन् ।

ममता र कमलको पोखराको गण्डकी अस्पतालमा, नुन बहादुरको मणिपाल अस्पताल र दिलबहादुरको दैमोली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी घाइते भएका अन्य ५ जनाको पोखरा र दमौलीका अस्पतालमा उपचार भइरहेको छ ।

कमेन्टहरु
Loading...