ट्रकको ठक्करबाट मृत्यु भ​एका गुरुङका आफन्तद्वारा दोषिलाई कारवाहीको माग गर्दै पोखरामा चक्काजाम

कृष्ण आचार्य / पोखरा ,२० मंसिर ।ट्रकको ठक्करबाट आइतबार मृत्यु भएका पोखरा खाल्टे मसिनाका असिम गुरुङका परिवार र आफन्तले दोषिलाई कारवाहीको माग गर्दै पोखरामा सोमबार एक घण्टा चक्काजाम गराएका छन् ।ठक्कर दिने ट्रकका चालकलाई प्रहरीले पक्रन नसकेको र बार्ताका क्रममा पनि प्रसासनले खासै चासो नदिएको भन्दै उनिहरुले एक घन्टा चक्काजाम गर्दै नाराबाजी गरेका हुन् । पोखराको महेन्द्रपुलमा चक्काजाम गराउदै हिडेका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ । पक्राउ पर्नेमा सन्तोश गुरुङ, रबिन तामाङ, उदय गुरुङ र साजन गुरुङ रहेका छन् ।

दोषिलाई कारवाहीको माग गर्दै पोखरामा चक्काजाम
दोषिलाई कारवाहीको माग गर्दै पोखरामा चक्काजाम

मृतक गुरुङका परिवार र आफन्तले दोषिलाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा पनि सोमबार धर्ना दिएका छन् ।मृतक असिम गुरुङका आफन्त र प्रसासन बिच सोमबार भएको बर्तामा पनि कुनै निश्कर्ष निक्सन नसकेको बार्तामा सहभागी आफन्त बैन बहादुर गुरुङले बताए ।ठक्कर दिने ट्रकका चालकलाई नियन्त्रणमा लिएर तत्काल कारबाही अगाडी नबढाईए आफुहरु अझ कडा आन्दोलनमा उत्रने उनले गनथन डटकमलाई जानकारी दिए । पोखरामा आइतबार ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार माझठाना ४ बित्यानी स्थायी घर भई हाल पोखरा खाल्टे मसिना बस्ने बर्ष १९ का असिम गुरुङको ज्यान गएको थियो ।

ठक्कर दिने ट्रक र सवारी धनिलाई नियन्त्रणमा लिएपनि चालक अझै फरार रहेको प्रहरीले जनाएको छ । खोटाङ घर भएका ट्रक चालक हेम मगरको खोजि भइरहेको प्रहरीले बताएको छ । मृतकको गुरुङको शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको छ ।दोषिलाई कारवाही नगरे सम्म शव नबुझ्ने आफन्तले अडान लिएका छन् । आफन्त र प्रसासन बिच कुरा मिल्ल नसक्दा शबको पोष्टमार्टम सकेको हुन सकेको छैन् ।

कमेन्टहरु
Loading...