धरिलो हतियार प्रहारबाट पोखरामा एक युवक घाइते

पोखरा, २२ साउन / पोखरा महानगरपालिका ६ लेकसाईडमा धारिलो हतियार प्रहारबाट एक युवा घाइते भएका छन् ।

पोखरा १७ बिरौटा बस्ने वर्ष २२ को बिबेक थापा, बिन्ना भन्ने बिजय गुरुङ लगाएत ३ जनाको समूहले पोखरा १७ छोरेपाटन घर भई हाल पोखरा कै रानीपौवामा डेरा गरी बस्ने वर्ष १९ को राजन अधिकारीलाई धारीलो हतियार प्रहार गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहारबाट घाईते भई उपचारको लागि मेट्रो सिटी अस्पतालमा भएको प्रहरीले जानकारी दिएको छ । तत्कालै प्रहरी टोलि खटिई उक्त घटनामा संलग्न विवेक थापालाई नियन्त्रणमा लिएको र घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजिकार्य गरी रहेका र घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...