करेन्ट लागेर धनबहादुरको मृत्यु

पोखरा, १५ असोज / गोर्खाको आरुघाट गाउँपालिका ९ बगैंचा बस्ने वर्ष ३६ को धन बहादुर गुरुङको करेन्ट लागेर मृत्यु भएको छ ।

घरमा बुद्ध धर्मावलम्बीको झण्डा फेर्नको लागि फलामको पोलमा झण्डा फेरी गाड्ने क्रममा बिजुलीको नाङ्गो तारमा छुदा करेण्ट लागेर घाइते भएका थिए ।

घाइते भएको उनलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र आरुचनौटे आरुघाटमा गरेकोमा चेकजाँच गर्ने क्रममा डाक्टरले मृत घोषणा गरेका थिए ।

घटनाको प्रहरी टोलीले अनुसन्धान गरिरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...