पूर्वराजदूत झाको हत्या

काठमाडौं, ४ भदौ
फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशव झाको गए राति हत्या भएको छ । बबरमहलस्थित आफ्नै घरमा उनी मृत अवस्थामा भेटिएका छन् ।

प्रहरीले घटनास्थलमा पुगेर छानबिन सुरु गरि सकेको छ । प्रहरीका अनुसार टाउको र घाँटीमा चोट लागेको छ । किचन चक्कु प्रहार गरी उनको हत्या गरेको हुन सक्ने प्रहरीे आशंका छ ।

झा, उनकी श्रीमती र सुरक्षागार्ड सानु तामाङ सहित आफ्नै निबासमा बसोबास गर्दै आएका थिए । छोरा, बुहारी शनिबार मात्र आयरल्याण्ड गएका थिए भने छोरी पनि घरमा थिइनन् ।

मृतककी श्रीमती र सुरक्षागार्डसँग प्रहरीले सोधपुछ गरिरहेको छ । अनुसन्धानका लागि चिकित्सक र तालिम प्राप्त कुकर बोलाउने तयारी छ ।

घटनाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त लामाले जानकारी दिए ।

परराष्ट्र सेवामा झा ले ३४ वर्ष विताएका थिए ।

कमेन्टहरु
Loading...