सिपी मैनाली सवार कार दुर्घटना, हेलिकप्टर मार्फत काठमाडौ लगिदै

पोखरा, १५ फागुन / पूर्व उपप्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सिपी मैनाली चढेको कार दुर्घटना परेको छ ।

बिहीबार दिउँसो महोतरीको बर्दीबास नगरपालिका वडा नम्बर ३ कालापानीमा सिपी मैनाली र उनका परिवार सवार कार दुर्घटनामा परेको हो । दुर्घटनामा परि सिपी मैनालीको खुट्टा भाँचिएको र टाउकोमा चोट लागेको छ ।

झापाबाट काठमाडौं जाँदै गरेको बा ७ च २१२० नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको ना ४ च ८६६८ नम्बरको पिकअप भ्यान एकआपसमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । कारमा सिपी मैनालीका छोरा सरोज मैनाली, बुहारी पूजा ढुंगाना मैनाली, नाति पिएन् मैनाली र कार चालक रामप्रसाद पौड्याल थिए ।

बुहारी पूजाको दुबै खुट्टा भाँचिएको र अरु सामान्य घाइते भएको प्रहरी जनाएको छ ।अहिले उनीहरूलाई बर्दिबास जनसेवा हस्पिटलमा प्राथमिक उपचार भइरहेको छ । घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौंको ग्रान्डी हस्पिटल लैजान तयारी भएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...