युवतीको विषयमा पोखराको अकलामा छुरा प्रहार, एक घाईते

पोखरा, १२ चैत /पोखरा लेखनाथ महानगरपालिका १९ अकला मन्दिर नजिकै एक युवकलाई छुरा प्रहार गर्दा घाइते भएका छन् ।

शुक्रबार साँझ पोखरा लेखनाथ महानगरपालिका १६ बाटुलेचौरका १७ बर्षिय अंकित गुरुङलाई युवाहरुले छुरा प्रहार गरेका हुन् । पोखरा लेखनाथ महानगरपालिका १९ लामाचौर बस्ने क्षितिज पुन र लब्ली मगरले युववतीको विषयमा गुरुङलाई छुरा प्रहरा गरेको प्रहरीले जानकारी दिएको छ ।

सोही ठाउँकी एक युवती सगँ हिडेको भनि उनीहरुले अंकित गुरुङलाई छुरा प्रहार गरी घाईते बनाए प्रहरीको भनाई छ । अंकितको पोखरा फिस्टेल अस्पतालमा उपचार भइरहेको छ । छुरा प्रहार गर्ने युवकहरु फरार रहेका र उनीहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।

कमेन्टहरु
Loading...