शिक्षकले कक्षा १ का विद्यार्थी निर्घात कुटिए

पोखरा, ३० जेठ /पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३३ मा रहेको मर्निङग्लोरी बोर्डिङ स्कुलमा कक्षा १ मा पढ्ने विद्यार्थी कुटिएको प्रति विद्यार्थी संगठनले आपत्ती जनाएको छ ।

कक्षा १ मा अध्यनरत सुवास लामिछानेलाई शिक्षकले निर्घात रुपमा कुटपिट गरेको प्रति विज्ञप्ति मार्फत ध्यान आक्रर्षण भएको जनाएको हो ।

अनेरास्ववियु क्षेत्र नम्बर ३ का संयोजक महेन्द्र पौडेलले विज्ञप्ती मार्फत देशका कर्णधार कलिला विद्यार्थीको मतस्पटलमा नकारात्मक असर पर्ने गरि कुटपिट गरेको घटनाको छानविन गरि दोषीलाई कारवाहीको माग गरेका छन् । लामिछानेलाई जेठ २८ गते विद्यालयमा शिक्षकले कुटपिट गरेका थिए ।

कमेन्टहरु
Loading...