रक्सीले मातेर कार चलाउँदा ‘भयानक’ दुर्घटना

काठमाण्डौं, १४ असार /काठमाडौं जमलमा शनिबार विहान राती एक कार दुर्घटनामा परेको छ । केशरमहलबाट जमलतर्फ गइरहेको बा ११ च ३६०४ नम्बरको कार दुर्घटनामा परेको हो ।

ट्राफिक प्रहरीले कार दुर्घटनालाई ‘भयानक’ भनेको बताएको छ । दुर्घटनामा चालक बिजेन दुवाल श्रेष्ठ सामान्य घाइते भएका छन् ।

कारमा तीन जना रहे पनि सबै सकुशल रहेको प्रहरीले जनाएको छ । श्रेष्ठ मच्छिन्द्र आयल स्टोरका सन्चालक हुन् । उनको खुट्टामा सामान्य चोट लागेको छ ।

चालकले मापसे गरेर गाडी चलाउँदा दुर्घटना भएको प्रहरीको भनाई छ । दुर्घटनाको तस्वीर हेर्दा कारको इन्जिन सडकमै उछुट्टिएको देखिन्छ र फुटपाथको रेलिङ भाँच्दै उत्तानो परेर पल्टिएको छ ।

दुर्घटनाको क्रममा कारको ठक्करबाट सडक किनारमा रोकि राखेको एक पर्यटक माइक्रोमा समेत सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...