पोखरा, २८ असोज / पोखराको नयाँ बजारमा आइतबार कार माथी मोटरसाईकल चढ्दा एकजना घाईते भएका छन् । निकै तिब्र गतिमा
गुडिरहेको मोटरसाईकल कारमाथी पुगेको थियो ।
दुर्घटनामा मोटरसाईकल चालक नदीपुरका २६ बर्षिय सन्देश सुवेदी गम्भीर घाईते भएका छन् । ग ६ प ३८६३ नम्बरको मोटरसाईकल र
ग २ च ८०५ नम्बरको कार एकआपसमा ठोकिएका हुन् । घाइतेको मनिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।
दुर्घटनापछि फिस्टेल हस्पिटल लगिएको उनलाई उपचार सम्भव नभएपछि मनिपाल रिफर गरिएको हो । उनको टाउकोमा गम्भीर चोट
लागेको प्रहरीले जनाएको छ ।