पोखरा महानगरपालिका – ३१ स्थित बेगनास तालमा डुबेका एक युवाको प्रहरीले उद्धार गरेको छ ।
शनिवार तालमा पौडी खेल्ने क्रममा डुवेका स्थानीय २२ वर्षीय रविन भुषालको स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेको हो ।
पौडी खेल्ने क्रममा भुषाल तालमा डुबेपछी सीआरभी सहित शिशुवाबाट खटिएको प्रहरी टोलिले स्थानीयको सहयोगमा उद्धार गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्कीले जानकारी दिए ।
भुषाललाई उद्धार गरी उपचारको लागि लेखनाथ सामुदायिक अस्पतालमा पठाइएकोमा थप उपचारको लागि पश्चिमान्चल क्षेत्रिय अस्पताल पोखरा पठाइएको प्रहरीले जनाएको छ ।