पोखरामा बसको ढोकामा उभिदा सहचालकको ज्यान गयो

पोखरा ८ असार /पोखरामा बसको ढोकामा उभिएका एक सहचालको ज्यान गएको छ । पोखराको हल्लनचोकबाट काहुँखोला तर्फ जादै गरेको ग १ ख ५०९९ नम्बरको नगरबसबाट खसेर सहचालक ३२ बर्षीय आनन्द सापकोटाको ज्यान गएको हो ।

बिहीबार विहान काहुँखोला तर्फ जाने क्रममा पोखरा १२ बाझापाटनमा पुगेपछि सहचालक सापकोटा ढोकामा उभिएका बेला विजुलीको पोलमा ठेक्किएर घाइते भएको थिए ।

बिहान साढे ६ बजे दुर्घटना भएलगतै उपचारको लागि मनिपाल शिक्षण अस्पताल गरिएकोमा साझँ उनको निधन भएको चिकित्सकले घोषणा गरेका हुन् । मृतक सापकोटा पोखरा १२ सितलदेवीका स्थायी बासिन्दा रहेको प्रहरीले जानकारी दिएको छ ।

 

कमेन्टहरु
Loading...