तनहुँमा बस र ट्रक दुर्घटनामा, ५ घाइतेको मणिपालमा उपचार हुदै

पोखरा, ३० साउन / पृथ्विराजमार्ग अन्तरगत तनहुँको ब्यास नगरपालिकामा १२ ना ४ ख ५४९१ नम्बरको बस र ना ६ ख ३२९३ नम्बरको ट्रक दुर्घटनामा परेका छन् ।

बस र ट्रक ठक्कर खादा बस चालक सहित बसमा सवार १६ जना घाइते भएका छन् ।

गम्भिर घाइते भएको ५ जनालाई पोखराको मणिपाल अस्पतालमा उपचार हुदै गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सामान्य घाइते भएका ११ जनाको समान्य उपचार पछि घर फर्किएका छन् ।

ट्रक चालक र दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्टहरु
Loading...