बसले ठक्कर दिँदा एक जनाको मृत्यु

पोखरा, २६ माघ / पर्बतको कुश्मामा आइतबार भएको दुर्घटनामा परि एक जनाको ज्यान गएको छ ।

ग १ ख ७००३ नम्बरको बसले मोदी गाउँपालिका वडा नम्बर ४ लेस्पारका ३४ बर्षिय डिल बहादुर पुन फगामीलाई ठक्कर दिदाँ उनको ज्यान गएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

उनको उपचारको क्रममा ज्यान गएको हो । मुस्ताङबाट पोखरा आउदै गरेको बसले ठक्कर दिएको थियो ।

फगामीको उपचारको लागि जिल्ला अस्पताल पर्बतमा लगिएको र उपचारको क्रममा चिकिस्सकले उनलाई मृत घोषणा गरेका थिए ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिइ अनसन्धान थालेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...