पोखराको बगरमा दुर्घटना हुदा नेविसंघका सभापतिको मृत्यु

पोखरा, २३ माघ/पोखराको बगरमा नगरबसले पैदलयात्रुलाई ठक्कर दिँदा नेपाल विद्यार्थी संघ स्याङजा पृथ्बीनारायण क्याम्पस सम्पर्क समितिका सभापतिको मृत्यु भएको छ । सोमबार सार्झ भएको दुर्घटनामा परि स्याङजा आँधीखोला गाउँपालिका घर भई पोखराको बगर बस्दै आएका २४ बर्षिय बोधराज ढकालको मृत्यु भएको हो ।

हिडिरहेको अवस्थामा पछाडीबाट नगरबसले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । ग १ ख ३८३६ नम्बरको गाडी प्रहरीले नियन्त्रण गरेर आवश्यक अनुसन्धान थालेको कास्की प्रहरीका प्रबक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।

गम्भीर घाईते ढकालको गण्डकी मेडिकल कलेजमा उपचार गर्न लगिएकोमा उपचार हुन नसकेपछि मणिपाल शिक्षण अस्पताल रिफर गरिएको थियो । मणिपाल अस्पताल पुर्याएपछि मृत्यु भएको प्रहरीको भनाई छ ।

मृत्यु भएको घट्नामा बसका स्टाफ र चालकको गम्भीर गल्ती रहेको नेविसघंका विद्यार्थीहरुले बताएका छन् । उनीहरुका अनुसार झगड़ा पछी दुर्घटना भएकाले सत्य तथ्य छानबीन गरी घटनाका दोषीलाई कडा भन्दा कडा कारबाहीको माग विद्यार्थी नेताहरुले माग गरेका छन् ।

कमेन्टहरु
Loading...