गीतकार गौचन अन्तिम बिदाईको क्षण (फोटो फिचर )

binod gauchan (7)पोखरा २१ पुष । उपचारको क्रममा शनिबार निधन भएका गीतकार तथा कबि बिनोद गौचनको आज पोखराको रामघाटमा अन्त्यष्टि गरिएको छ । उनको बौद्ध परम्परा अनुसार अन्त्यष्टि गरिएको हो ।

१२ बर्षिय छोरा सौगातले उनको शबमा दागबत्ती दिएका थिए । उनको अन्त्यष्टिमा पोखराका कलाकार, साहित्यकार, उद्योगी ब्यबशायी तथा शुभचिन्तकको बाक्लो उपस्थिति थियो । ५८ वर्र्षीय गौचनको उपचारको क्रममा शनिबार बिहान पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा निधन भएको थियो । प्राज्ञ सरुभक्त र तिर्थ श्रेष्ठले गौचनप्रति श्रद्धान्जली ब्यक्त गर्दै उनको निधनले नेपाली साहित्यक क्षेत्रमा अपुरणिय क्षति पुगेको बताए ।

उनको जतिमाया लाएपनि , तगारोमा रुमाल राखी बाटो छेक्यौ तिम्ले्ु, कस्तो ठाउँमा फुल्यौ तिमी, जस्ता गीत लोकप्रिय छन् । थोरै तर गुणस्तरीय रचना गर्ने कवि गौचन कहिल्यै पनि चर्चामा आउन चाहेनन् । उनका लगभग तीन दर्जन गीत रेकर्ड भएका छन् ।

उनको पहिलो रचना मनस्थिति शीर्षकको कथा विसं २०३५ मा मधुपर्कमा प्रकाशित भएको थियो । विसं २०१२ माघ १० गते पोखराको बागबजारमा जन्मेका उनले अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए । उनका ढुंगेसाँघुको मेलामा, पोखरामा फूल फुल्दैन, जस्ता कविताकृति प्रकाशित छन् । त्यसैगरी पत्रपत्रिकामा कथा, कविता, गीत, गजल, लेख पनि प्रकाशित छन् ।

विनोदले विसं २०३९ र २०४४ मा नेपाल प्रज्ञाप्रतिष्ठानले आयोजना गरेको कविता महोत्सवमा तृतीय पुरस्कार प्राप्त गरेका थिए । संरक्षण कविता आन्दोलनमा लागेका गौचनकै सक्रियतामा कास्कीको लुम्लेलाई कवितागाउँ घोषणा गरिएको थियो । तस्विर – राधिका कडेल

binod gauchan (2) binod gauchan (6) binod gauchan (5) binod gauchan (4) binod gauchan (3) binod gauchan (1)

कमेन्टहरु
Loading...