Ganthan News Pokhara
All news from Pokhara & around

डडेलधुरामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

0

डडेल्धुरा, ११ वैशाख /डडेलधुरामा बुधबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।धनगढीबाट बझाङ जाँदै गरेको ना ६ ख १८३१ नम्बरको यात्रुबाहक बस भिमदत्त राजमार्गको गन्यापधुरा गाउँपालिका–१ साहुखर्कमा दुर्घटनामा हुँदा ६ जनाको मृत्यु भएको हो ।मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनामा २५ जना भन्दा बढी घाइते भएका छन् ।

बस बुधबार बिहान पौने ५ बजेतिर सडकबाट अन्दाजी २ सय मिटर तल खसेर दुर्घटना भ​एको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उद्धार गरी उपचार गर्न उपक्षेत्रीय अस्पताल डडेल्धुरामा लगिएको छ ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु