पोखराको नदीपुरमा भेटिएको बम डिस्पोज गर्ने क्रममा  एक जना घाईते

पोखरा, ५ बैशाख /पोखराको नदीपुरमा भेटिएको बम डिस्पोज गर्ने क्रममा  एक जना घाईते भएका छन्। डिस्पोजल टोलिका सदस्य कालिभञ्जन गण रत्नमन्दिरका नायक धर्मबहादुर थापा घाइते भ​एको प्रहरीले जनाएको छ । उनको हातमा चोट लागेको कास्की प्रहरीका प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए । पोखराको नदीपुर स्थित प्रदेशसभा भवन नजिकै सडकमा कागजको डल्लो बेरेर राखेको अवस्थामा डेटोनेटर भेटिएको थियो ।

यस्तै, लेखनाथ स्थित सैनिक बस्तीमा पनि संकास्पद बस्तु भेटिएको छ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटीले आजका लागि नेपाल बन्द घोषणा गरेको थियो । शंकास्पद बस्तुहरु पनि सोही समूहले राखेको हुन सक्ने आशंका गरिएको छ ।

कमेन्टहरु
Loading...