अस्ट्रेलियामा कार दुर्घटनाः चालक सिड्नी विमानस्थलबाट पक्राउ

सिड्नी, १९ साउन /गत साता कार दुर्घटनामा घाइते भई डिस्चार्ज भएका कार चालक सागर भट्टराईलाई नेपाल जाने क्रममा सिड्नी विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ ।

नेपाली विद्यार्थीहरूको एक समूह स्नोइ माउन्टेनमा हिउँ खेल्न जाने क्रममा कोमामा कार दुर्घटना हुँंदा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने चालक सहित अन्य तीन जना घाइते भएका थिए ।

सो दुर्घटनामा परी स्याङ्जा वालिङ नगरपालिका १० की समिक्षा सुवेदी र गल्याङ नगरपालिका ६ का गोपाल भण्डारीको मृत्यु भएको थियो ।

क्यानबेरा अस्पतालमा उपचार गराइ डिस्चार्ज भएपछि उनी शुक्रबार राती परिवार भेट्न नेपाल जान लागेका थिए । पक्राउ परेको सागरलाई हाल लापरबाहीका साथ गाडी ड्राइभिङ गरेको आरोपमा मस्कटस्थित प्रहरी चौकीमा राखिएको स्थानीय पत्रिकाले समाचार लेखेका छन् ।

२२ वर्षीय गाडी चालक सागरलाई प्रहरीले के कारण पक्राउ परेको खुलि नसकेकोले नेपाली राजदूतावासले यस विषयमा सम्बन्धित निकायमा पत्राचार गरेर जानकारी लिन थालेको छ ।

अस्ट्रेलियाको कानुन अनुसार लापरबाहीसँंग गाडी कुदाउनु पनि अपराध मानिन्छ र त्यसमाथि पनि दुई जनाको ज्यानै जाने गरी भएको दुर्घटनामा सागर माथि छानबिन हुने देखिन्छ ।

कमेन्टहरु
Loading...