पिन नम्बर चोरेर एटीएमबाट​ रकम झिक्ने अर्को पनि गिरोह पक्राउ , सर्वसाधारणलाई सचेत बन्न प्रहरीको आग्रह

काठमाडौं, कात्तिक २५। एटीएम कार्डको पिन र पासवर्ड चोरेर रकम निकाल्ने अर्को गिरोह पनि पक्राउ परेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले एटीएमबाट रकम झिक्ने दुईजना टर्कीस नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मुहरम युजन र सलहटिन यवर रहेका छन् । आज काठमाडौंको कान्तिपथस्थित एलो प्यागोडा होटलबाट पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले २६ लाख ७५ हजार नेपाली रुपैयाँ, १ हजार ७ सय यूरो, १ हजार ६ सय ६० अमेरिकी डलर र विभिन्न बैंकका १ सय १३ ओटा एटीएम बरामद गरेको छ ।यो गिरोहले नबिल बैंकको कान्तिपथस्थित एटीएमबाट सो रकम झिकेको बयान दिएको पनि प्रहरी जनाएको छ ।

पिन नम्बर चोरेर एटीएमबाट रकम झिक्ने अर्को पनि गिरोह पक्राउ , सर्वसाधारणलाई सचेत बन्न प्रहरीको आग्रह
पिन नम्बर चोरेर एटीएमबाट रकम झिक्ने अर्को पनि गिरोह पक्राउ , सर्वसाधारणलाई सचेत बन्न प्रहरीको आग्रह

साथै, तीन सय ग्राहकको एटीएमको पिन नम्बर र पासवर्ड पनि फेला पारेको प्रहरीको भनाइ छ ।उनीहरुले एटीएमबाट रकम झिक्ने र महँगा सामानहरु किन्ने गरेको पाइएको भन्दै २७ लाख रुपैयाँ मूल्य पर्ने स्वीस घडी समेत किनेको प्रहरीले जनाएको छ ।हालसम्म एटीएम र्‍याकेटिङमा नेपालीको संलग्नता नभेटिएको भन्दै प्रहरीले सर्वसाधारणलाई सचेत बन्न आग्रह समेत गरेको छ । यसअघि गत साता पनि एटीएमको पिन र पासवर्ड चोरी गरेर रकम निकाल्ने रोमानियन र बुल्गेरियनको गिरोहलाई पक्राउ गरेको थियो । आज पक्राउ परेकाहरुले आफूहरुको गिरोह नै रहेको बताएको पनि प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...