गाडी दुर्घटना हुदाँ सशस्त्र प्रहरीका एसपीको मृत्यु, प्रजिअ गम्भीर घाइते

वीरगन्ज, १३ माघ /बाराको पथलैयाबाट पिकनिक खाएर फर्किदै गरेको गाडी दुर्घटनामा पर्दा सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेलको मृत्यु भएको छ ।

बाराको निजगढस्थित हिरालाल पार्कको पिकनिक सहितको कार्यक्रममा सहभागी भएर शनिबार साँझ ट्याक्टरको ट्रलीसँग ठोक्किएर दुर्घटना हुँदा सशस्त्र प्रहरीका उपरीक्षक बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ना १ झ १६३३ नम्बरको स्कारर्पियो गाडी दुर्घटना हुँदा बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई गम्भीर घाइते भएका छन् । भट्टराईको टाउँकोमा चोट लागेको र रगत जमेको चिकित्सकहरूले जनाएको छ ।

वीरगन्जमा रहेका न्यूरो सर्जनको टोलीले तत्कालै उनको अप्रेसन गरेर टाउकोमा जमेको रगतलाई निकालिसकेका छन् ।

कमेन्टहरु
Loading...