सेनानीले चलाएको कार र मोटरसाइकल ठोक्कियो एकको मृत्यु

काठमाडौं, २६ वैशाख/ कलंकी नजिक रविभवनमा कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान कलंकीबाट कालीमाटी जादै गरेको बा २१ च ४३४७ नम्बरको कार र विपरीत दिशाबाट जाँदै गरेको बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।

दुर्घटनामा मोटरसाइकल चालक मोरङ बेलबारीका टीकाराज गेलालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मोटरसाइकल चालक ओभरटेक गर्दै गलत लेनमा जाँदा दुर्घटना भएको प्रहरीको भनाई छ । उनको घटनास्थलमै मृत्यु भएको थियो ।

कारका चालक नेपाली सेनाको प्रमुख सेनानी शिखर जबरा हुन् । उनलाई प्रहरीले नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त कालीमाटीमा राखेको छ ।

कमेन्टहरु
Loading...