ट्यांकर र मोटरसाइकल एक अापसमा ठोक्किदा २ को मृत्यु

पोखरा‍,१४/पाेखरा लेखनाथ महानगरपालिका वडा नम्बर ५ मालेपाटनमा बुधबार साँझ ट्यांकर र मोटर साइकल एक आपसमा ठोक्किदा मोटरसाईकलमा सवार २ जनाको ज्यान गएको छ। ग.१ ख. २८९६ नम्बरको ट्रयांकरसँग ध.१ ख.५०२१ नम्बरको मोटरसाईकल ठक्कर खाँदा मोटरसाइकल चालक म्याग्दी घर भएका २४ वर्षिय धनबहादुर छन्याल र सोहि मोटरसाइकलको पछाडि सवार म्याग्दी दानाकी २५ वर्षिया बृन्दा थापाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलको पछाडि सवार थापाको उद्धार गरी उपचारका लागि लैजादै गर्दा बुधबार साँझ नै मृत्यू भएको हो भने मोटरसाइकल चालक छन्त्यालको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा विहीबार विहान मृत्यू भएको हो । उनीहरुको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाउने तयारी गरिएको छ ।

प्रहरीले ट्यांकर र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्टहरु
Loading...