डडेलधुरामा बस दुर्घटना १२ को मृत्यु, ( फोटो फिचर )

डडेल्धुरा १६मंसिर । भिमदत्त राजमार्ग अन्तर्गत डडेधुराको मेल खर्कमा भएको बस दुर्घटनामा १२ जनाको ज्यान गएको छ । बाजुराबाट कैलालीको धनगढी तर्फ आउदै गरेको बडिमालिका यातायातको ना ५ ख ७८९ नम्बरको बस आज बिहान डडेल्धुराको मेलखर्क भन्ने ठाउँमा दुर्घटना हुँदा १० जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

5

मृतकहरुमा अहिले सम्म ५ जनाको मात्र सनाखत भएको छ । बाजुराको कैलाशमाण्डौँ ८ का ३३ बर्षिय लक्ष्मीराम थापा, बाजुराकै बुदु गाविस ७ का बर्ष २१ का सुर बहादुर अधिकारी, ५० बर्षिय दल बहादुर अधिकारी, बर्ष ४५ का हरिलाल खत्री र १५ बर्षिय भक्त सार्की रहेका छन् । उनिहरु सबै एकै वडाका हुन् ।

1

दुर्घटनामा परी केही गम्भिर र केही सामान्य गरी ३४ जना घाईते रहेका छन् । घाईतेहरु मध्ये केहीको डडेल्धुरा स्थित शुदुरपश्चिम उपक्षेत्रिय अस्पताल र केहीको कैलालीको पद्मा अस्पतालमा उपचार भईरहेको छ । गम्भिर घाईते ३ जनालाई अन्यत्र रिफर गरिएको छ ।

3

उपक्षेत्रिय अस्पताल डडेल्धुरामा सामान्य उपचार पछि बाजुराकी ३५ बर्षिय धना पण्डित र प्रेम राज पण्डितलाई चितवन रिफर गरिएको छ भने गाँँजरी २ डोटीका ४० बर्षिय अमर कुँवरलाई कोहलपुर मेडिकल कलेज रिफर गरिएको प्रहरीले जनाएको छ ।

2

सुदुरपश्चिम उपक्षेत्रिय अस्पताल डडेल्धुरामा उपचार भईरहेकाहरुमा १ जना बाहेक अरु सबै बाजुराका नै रहेका छन् । रातीको समयमा गाडि चलाउँदै गर्दा चालक निदाएकोले दुर्घटनामा परेको हुन सक्ने प्रहरीले बताएको छ । प्रहरी निरिक्षक केशब बोहराका अनुसार गाडिमा स्याउले ट्राफिक पोष्टमा चेकजाँच गर्दा ३६ जनाको ईन्ट्री भएपनि ४६ यात्रुहरु रहेका थिए । गाडि सडक भन्दा २ सय ५० मिटर तल खसेको छ ।

6

पछिल्लो समय शुदुरपश्चिममा ठूला दुर्घटना नभएको भए पनि आज बिहान अचानक भएको दुर्घटनाले शुदुरपश्चिम नै शोकमय भएको छ ।

4

तस्विर सौजन्य – गणेश ठगुन्ना/डडेलधुरा

 
 

कमेन्टहरु
Loading...