न्यु गिरी इलेक्ट्रोनिक्सको गोदाममा आगलागी, झण्डै ६५ लाखको क्षती

पोखरा, १९ साउन /पोखराको जिरोकिमीमा रहेको न्यु गिरी इलेक्ट्रोनिक्सको गोदाममा शुक्रबार आगलागी भएको छ । बिहान करिब साढे दश बजेको समयमा विद्युत सर्ट हुँदा आगालागी भएको हो ।

आगलागीबाट झण्डै ६५ लाख बराबरको सामान नष्ट भएको सञ्चालक बसन्त गिरीले बताए । दमकल, प्रहरी र स्थानियबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

सञ्चालक गिरीको आफ्नै घरमा रहेका गोदाममा आगलागी भएको हो । आगलागीबाट जल्न बाँकी रहेका सामाग्री पनि आगो निभाउन प्रयोग गरिएको पानीमा भिजेको कारण प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको गिरीले जनाए ।

कमेन्टहरु
Loading...