आगलागी हुँदा झापामा एकै परिवारका चार जनाको मृत्यु

झापा,१० मंसिर/पुर्वी नेपालको झापामा गएराति आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका ७ मा आगलागी हुँदा ३५ वर्षीय लक्ष्मण खनाल, उनकी श्रीमती ३२ वर्षीया राधिका खनाल, चार वर्षीया छोरी चन्द्रा खनाल र चार महिनाको छोरो टिकाराम खनालको मृत्यु भएको डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।उनीहरु घरभित्र सुतिरहेको बेला गएराति पौने ११ बजेतिर आगो लागेको थियो ।

आगलागीको जानकारी पाएलगत्तै दमकल सहित प्रहरीको टोली पुगेर आगो नियन्त्रणमा लिएको थियो ।आगलागीबाट जस्ताले छाएको दुई तले घर पनि क्षतिग्रस्त भएको छ । आगलागीको कारण बारे अनुसन्धान भइरहेको र अन्य क्षतिको एकिन विवरण संकलनको काम पनि भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

कमेन्टहरु
Loading...