चोरी पोखराको मात्रै है नेपालको मात्रै पनि है यो त विश्व कै समस्या हो । समस्या समाधान गर्ने उपाए मात्रै फरक हो । राम्रो उपाए निकाले चोरी कम हुनुका साथै चोरहरु छिटै प्रहरी फन्दामा परिहाल्छन् । त्यसैले प्रहरीले चोरी नियन्त्रणका लागी के काम ग¥यो भन्ने कुरा प्रभाव कारी हुन्छ । त्यसैले अपराधलाई कति वढावा दिने भन्ने बारेमा त प्रहरीको हातमा हुन्छ । अहिले पोखरामा कास्की प्रहरीले चारी नियन्त्रण विशेष योजना सन्चाल गरेको छ । यो योजनाका बारेमा कस्तो चल्दै छ भने बारेमा पत्रकार अर्जुन गिरी लेख्छन् । 
 अर्जुन गिरी
अर्जुन गिरी
प्रहरी भन्दा चोर दुई कदम अगाडि हुने गर्दछ । त्यही भएर प्रायः चोरीका घट्नामा संग्लन व्यक्ति पक्राउ पर्दैन् । तर कास्कीमा यसको ठिक उल्टो भएको छ, प्रहरी चोर भन्दा दुई कदम अघि हुनाले चोर धमाधम पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले सुरु गरेको “चोरी नियन्त्रण विशेष योजना” प्रभावकारी बन्नाले चोरी घट्नामा कमि आएको छ ।
चोरी नियन्त्रणमा कास्की प्रहरीले चालेको यो कदमले चोरलाई चोर्न पनि दुई पटक सोच्नु पर्ने अवस्थामा पु¥याएकोे छ । चोरी नियन्त्रणमा कास्की प्रहरी यतिसम्म सक्रिय छ कि चोरी गर्ने क्रममा चोर समातिएका छन् । त्यती मात्र होईन चोर्न हिडेका चोरलाई लक्ष्यमा पुग्नु अघिनै बाटोमा पक्राउ गरेको छ ।

 रात दिन जनताको सेवामा खटिएका कास्की प्रहरीले साउन महिनामा मात्र एक दर्जन भन्दा वढि ठाउँबाट चोर पक्राउ गर्न सफल भयो भने चार वटा मुद्दा दर्ता भएका छन् । जुन अहिलेसम्मको धेरै मानिएको छ । साउन ३० गते मात्र कास्की प्रहरीले न्यूरोड स्थितकुमारी बैंकको गल्लीबाट, पोखरा – ११ रानीपौवाबाट , पोखरा –१३ स्थितचापापानीबाट र जाल्पारोडबाट चोर पक्राउ गरेका थिए । चोर पक्राउ गर्न कास्की प्रहरी सफल भएको छ । तर कारवाही गर्न अर्थात मुद्दा दर्ता गर्न निकै अप्ठायारो परेको छ । यसको कारण भनेको चोरीमा विशेष गरी १२ बर्षदेखी १६ बर्षसम्मका सडक बालक वढि पक्राउ पर्ने गरेको र उनीहरुमाथि मुदा चलान गर्न निकै अप्ठेरोे पर्ने गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपि राजेश नाथ बास्तोलाले बताए । उनले भने–‘मुद्दा चलाएर के गर्नु हुन्छ नावालक भनेर छिटै छुड्छन् । कानुनी प्रक्रियामा ल्यायो भने नावालीकको कारण असर पर्छ । ’
रात दिन जनताको सेवामा खटिएका कास्की प्रहरीले साउन महिनामा मात्र एक दर्जन भन्दा वढि ठाउँबाट चोर पक्राउ गर्न सफल भयो भने चार वटा मुद्दा दर्ता भएका छन् । जुन अहिलेसम्मको धेरै मानिएको छ । साउन ३० गते मात्र कास्की प्रहरीले न्यूरोड स्थितकुमारी बैंकको गल्लीबाट, पोखरा – ११ रानीपौवाबाट , पोखरा –१३ स्थितचापापानीबाट र जाल्पारोडबाट चोर पक्राउ गरेका थिए । चोर पक्राउ गर्न कास्की प्रहरी सफल भएको छ । तर कारवाही गर्न अर्थात मुद्दा दर्ता गर्न निकै अप्ठायारो परेको छ । यसको कारण भनेको चोरीमा विशेष गरी १२ बर्षदेखी १६ बर्षसम्मका सडक बालक वढि पक्राउ पर्ने गरेको र उनीहरुमाथि मुदा चलान गर्न निकै अप्ठेरोे पर्ने गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपि राजेश नाथ बास्तोलाले बताए । उनले भने–‘मुद्दा चलाएर के गर्नु हुन्छ नावालक भनेर छिटै छुड्छन् । कानुनी प्रक्रियामा ल्यायो भने नावालीकको कारण असर पर्छ । ’
चोरी गरेर हिरासदमा पर्ने अनि छिटै छुट्ने पक्रियाले सडक बालकहरुको मनष्तिथि अपराधीक गतिविधिले जटल रुपमा जरा गाड्ने होकी भनेर डिएसपि बास्तोलाले बेलैमा सोच्नु पर्ने बताए । त्यति मात्र होईन सडक बालहरुले व्यवसायीक तरीकाले चोर्ने गरेको जनकारी दिए । उनले भने–‘पक्राउ गर्न अनि छिटै छुटेपछि यस्तै त रहेछ भनेर हलुङगो पाराले लिए चोरीलाई निरन्तरता दियो भने त्यसले समाजलाई ठूलो असर पर्छ । भविष्यमा उनीहरु झन खतरनाक चोर भएर निक्लन सक्छन् । ’
प्रायः सडक बालकहरु साथी संगत, फेशन र गरिवीले गर्दा यस्ता कृयाकलापमा लाग्ने गरेको बास्तोलाले बताए । साथै धेरैजसोले चोरी गरेर लागुऔषध खाने गरेको उनले बताए । चोरी तर्फ लम्किएका यी कमला हात वेलैमा रोक्नु पर्ने उनको भनाई रहेको छ । उनले भने–‘यिनीहरुको बारेमा गम्भिर भएर सोच्नु पर्ने वेला आएको छ । जति पनि सडक बालकहरु छन, यिनीहरुलाई बाल सुधार गृहमा राखेर शिक्षासँगै परामर्श दिनु पर्छ । चोरी नियन्त्रणमा हामी सफल भएको मान्नु पर्छ । तर सडक बालकहरु मख्य चुनौतिका रुपमा देखा परेको छ । ’
कास्की प्रहरीका अनुसार साउन महिनामा मात्र चार वटा चोरी शिर्षकमा मुद्दा दर्ता भएका छन्, जसमा दुई जना किशोर परेका छन् । साउन १ गते पोखरास्थित नयाँबजारमा पार्किङ गरी राखिएको बसको ब्याट्री विकाश विकले चोरी गरी गरेको आरोपमा पक्राउ परेको हो । आवश्यक कारवाही गरी पाऊ भन्दै रमेश कुमार श्रेष्ठले जाहेरी दिएका थिए । सोही आधारमा गोरखा भिर्कोट गाविस वडा नं ८ घर भएका १८ बर्षिय वि.क विरुद्ध चोरीको मुद्दा दर्ता भएको हो ।

पोखरा–१५ टुटुंगास्थित एक घरबाट विशाल थापाले साउन १ गते विभिन्न सामग्री चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । सिल्धुपाल्चोक कुन्चोक–५ घर भई पोखरा–९ पृथ्वीचोक बस्ने २८ बर्षिय थापाले टिभी, चुरोट लगायतका सामान सहित नगद ५९ हजार ४ सय बराबरको धनमाल चोरेको आरोपमा मिन बहादुर गिरीले जाहेरी दिएका थिए ।
पोखरा–बङलादी स्थित गेटअफ हिमालयन गेष्टहाउसबाट ७ सय अमेरिकन डलर साजन क्षेत्रीले चोरी गरेको भन्दै इरानी नागरिक अलि अक्बरले दिएको जाहेरीका आधारमा साजन कुवर क्षेत्री र विकाश गौतमलाई प्रहरीले पक्राउ गरेको हो । जाहेरीको आधारमा पोखरा– बस्ने १७ बर्षिय साजन र कास्की सराङकोट गाविस वडा नं– ६ मेत्लाङ बस्ने विकाश विरुद्ध चोरी मुद्दा दर्ता भएको हो । त्यस्तै साउन २१ गते राती लुम्ले गाविस वडा–६ तान्चोकबाट जगदिश भण्डारीेले रिपिटर बनाउने तामाको रङ, तार समेतको सामाग्रीहरु चोरी गरेको भन्दै आवस्यक कारवाहीको माग राख्दै सन्तोष शर्माको जाहेरीको आधारमा पक्राउ गरीएको हो । कन्चनपुर श्रीपुर वेलौरी गाविस वडा–६ बस्ने १८ बर्षिय भण्डारी विरुद्ध चोरीको मुद्दा दर्ता भएको हो ।
कास्की प्रहरीका अनुसार सामान्य चोरी चार प्रकारका हुन्छन् । साधारण चोरी, नकवजनी चोरी, जवरजस्ती चोरी र डाँका चोरी । यी मध्ये कास्कीमा धेरै जस्तो साधारण चोरी र जवरजस्ती चोरी हुने गरेको प्रहरीले जानकारी दिएको छ । साउन महिनामा प्रहरीकोे सकृयताले धेरै चोरले हिरासतको धुलो चाटेका छन् । चोरले जसरी मानिस निदाएका वेला राती १२–१ वजेतिर होस या कुनै समय होस आफु कुकार्य अघि बढाउछ । त्यसरीनै प्रहरी चनाखो हुदै चोरको काम विफल बनाउन सकृय देखीएका छन् । विगतमा चोरीको घट्ना नहुने होईन, हुने गर्थे । सोही अनुसार पीडकले निवेदन र जाहेरी दिने गर्थे । त्यसैको आधारमा प्रहरी चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गथ्यो । तर अहिले चोरलाई चोर्दा चोर्दै र चोर्न हिडेका वेलानै प्रहरीले पक्राउ गर्न सफल भएको पाईन्छ ।
साउन ३० गते मात्र प्रहरीले चार छुटाछुटै ठाउँबाट चोर पक्राउ गर्न सफल भयो । जसमा साउन ३० राति १.२५ बजेको समयमा न्युरोडस्थितकमारी बैकको गल्लीबाट चोरी गर्न शटर फुटाउने प्रयास गरी रहेको अवस्थामा ३ जनालाई पक्राउ गर्न सफल भयो । त्यस्तै पोखरा ११ रानीपौवास्थित दुर संचार अगाडि रहेको किनारा पसलबाट सामान तथा पैसा चोर्दै गर्दा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएका चोरी नियन्त्रण विशेष टोलीले एक जनालाई पक्राउ गरेको थियो । विगतको कुरा गर्न हो भने कसैको घरमा चोरी हुँदाहँुदै थाहा पाएर तुरुन्तै प्रहरी खवर गर्दा चोर भागि सकेको हुन्थ्यो र समाउन निकै गाह्रो हुने गर्दथ्यो । तर साउन ३० गते नै भएको अर्को चोरीको घट्नामा भने चोर भागि सकेपछि पनि प्रहरीले खोजतलास गर्दै पक्राउ गर्न सफल भएको छ । जसमा पोखरा १३ स्थितचापापानीमा एक जना व्यक्ति रातिको १२ बजे चोरी गर्न लागेको अवस्थामा स्थानियले फोन गरी प्रहरीलाई जानकारी दिएको थियो । त्यसपछि तत्काल जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको चोरी नियन्त्रण विशेष टोलीले खोजतलास गर्दा चोर पक्राउ गर्न सफल भयो ।
त्यसैगरी प्रहरीले सोही दिन पुन चोरी गर्न अर्थात पटके चोरीमा एक जनालाई पक्राउ गरेको थियो । विगतमा विभिन्न चोरीमा संलग्न रही कारवाहीको लागि कारागारमा थुनामा रही कैद भुक्तान गरी निस्केको सुनिल परियारलाई प्रहरीले पुन जाल्पारोडमा चोरी गर्न लागेको अवस्थामा पक्राउ गरेको थियो ।यसरी पटके चोरीमा लम्जुङ्ग गिलुङ्ग–४ का २२ बर्षिय प्रेम विकलाई पक्राउ गरेको थियो । विकले विगतका दिनहरुमा सानातिना चोरी गरी विशेष गरेर बाग्लुङ्गबसपार्क, नालाकोमुख, तेर्सापट्टि एरियामा सताउँदै आएको थियो । प्रहरीले दुई तिन महिनादेखी खोजतलास गर्दा साउन २७ गते पोखरा नालाको मुखबाट पक्राउ गर्न सफल भएको थियो । प्रेम बि.क. विगत १ वर्षअगाडि पनि चोरीको घटनामा संलग्न रहीकारवाही पश्चात छुटेको थियो । प्रहरीको सक्रियताले गर्दा चोरी गर्न हिड्दै गरेको अवस्थामा पोखरा ४ गैह्रपाटन भित्रीगल्लीमा साउन २३ गते रातिको १२ बजे दुई जना चोरलाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरुको साथबाट सटर खोल्न प्रयोग रड फेला पारेको थियो । यी सबै घट्नाहरु उदाहरणको रुपमा मात्र हो । कास्की प्रहरीले साउन महिनामा पोखराका मुख्य खडक वरपर तथा गल्लीबाट गरी एक दर्जन ठाउँबाट ३० भन्दा वढि चोर पक्राउ गर्न सफल भयो । चाडवाडको वेला धेरै चोरीका घट्ना हुने गरेको भन्दै कास्की प्रहरीले चोरी नियन्त्रणलाई अझ प्रभावकारी रुपमा कडाईका साथ अघि बढाउने जनाएको छ ।
तस्वीरः गुगल 
( अजुर्न गिरी पोखरा प्रकासन हुने समाधान राष्टिय दैनिकमा कार्यरत छन्)
 
 
 
 
		
					
			