कास्की प्रहरीले २० वर्ष पछि कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ

पोखरा, ८ जेठ/कास्की प्रहरीले करिब २० वर्ष पहिले भएको एक हत्या काण्डका फरार अपराधीलाई पक्राउ गरेको छ । अमिरबहादुर रानाभाटको हत्याका फरार प्रतिवादीलाई उनकै घरबाट सोमबार पक्राउ गरेको हो ।

साविक मिजुरेडाँडा गाविस ४ घर भइ हाल मादी गाउँपालिका ३ बस्ने वर्ष ३८ का ठकुरी माहिलो भन्ने मनबहादुर शाहीलाई कास्कीको प्रहरी टोलीले पक्राउ गरेको हो । कास्की जिल्ला साविक मिजुरेडाँडा गाविस ८ का अमिरबहादुर रानाभाटलाई दिपक लामा समेतको टोलीले कुटपिट गरी २०५६ सालमा हत्या गरेका थिए ।

प्रहरीले शाहीलाई मंगलबार कास्की जिल्ला अदालतमा पेश गरी जेल चलान गरेको छ । सर्वोच्च अदालतबाट कर्तव्य ज्यान मुद्धामा शाहीलाई यसअघि नै २० वर्ष कैद सजायको फैसला भएको थियो । अमिरबहादुर रानाभाटको हत्याको फरार प्रतिवादी मध्ये एक जना पक्राउ भए पनि अन्य ४ जना फरार छन् ।

कमेन्टहरु
Loading...