मुस्ताङमा लेक लागेर पर्यटको मृत्यु

पोखरा, १८ मंसिर / मुक्तिनाथको दर्शनका लागि जोमसोम पुगेका भारतीय महिलाको मृत्यु भएको छ ।

भारतको रायपुर घर भएकी ६१ वर्षेसरला नाइड्रोको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

भारतदेखि मुस्ताङ आउने क्रममा घरपझोङ गाउपालिका–३ जोमसोमस्थित एक होटलमा नाइड्रोको मृत्यु गण्डकी प्रदेश प्रहरी कार्यलय पोखराले जनाकारी दिएको छ ।

बुधबार नै लेख लागेर मृत्यु भएकी सरलोको जिल्ला अस्पताल जोमसोममा पोष्टमार्टम गरीको छ । चिसो अत्यधिक बढेकाले मुस्ताङ जाउने पर्यटक तथा तिर्थालुलाई लेक लाग्ने सम्भावना बढी हुन्छ ।

कमेन्टहरु
Loading...