पोखराको बागलुङ बसपार्क नजिकै दुर्घटना

पोखरा, १७ मंसिर / पोखरा महानगरपालिका २ बागलुङ बसपार्क नजिकै ग ५ प १२७४ नम्बरको मोटरसाईकल रोकी राखेको ग १ ख ३५१८ नम्बरको टिप्परमा ठक्कर खाँदा मोटरसाईकल चालक घाइते भएका छन् ।

पोखरा २४ कास्कीकोट बस्ने वर्ष ३५ को भगवान तिमिल्सिना घाईते भई उपचारको लागि मणिपाल अस्पताल लगेको प्रहरीले जानकारी दिएको छ ।

सवारी साधन र ट्रिपर चालक नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुनस्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...