पोखराका गगनगौंडा सवारी दुर्घटना, एकको अवस्था गम्भीर

पोखरा, १३ मंसिर / पोखरा महानगरपालिका ३२ तल्लो गगनगौंडामा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा ८ जना घाइते भएका छन् ।

मुक्तिनाथबाट काठमाडौँ जाँदै गरेको बा ३ च ३०८० नम्बरको ल्याण्ड क्रुजर गाडी दुर्घटनामा भएको हो ।

दुर्घटनामा परि गम्भीर घाइते हुनेमा काठमाडौँ गोठाटारका २४ वर्षीया उत्सव थापा रहको प्रहरीले जानकारी दिएको छ ।

थापाको पोखरा सृजना चोक स्थित मेट्रो सिटी हस्पिटलको आइसियूमा उपचार भइरहेको छ । उनको टाउको र घाँटीमा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।

अन्य घाइतेमा गाडी चालक काठमाडौँ महानगरपालिका ३२ कोटेश्वरका ३१ वर्षीया राजीव बजगाईं, २७ वर्षीया श्रीमती प्रियंका बजगाईं र उनीहरुका ६ वर्षीया छोरा रागव बजगाईं रहेका छन् ।

यस्तै गरि ३१ वर्षीया सर्मित दाहाल, २६ वर्षीया श्रीमती अर्पणा दाहाल, उनीहरुकी दुई वर्षीया छोरी प्रनिका दाहाल र काठमाडौँ गोठाटारका टिकादत्त पौडेल घाइते छन् ।

तीव्र गतिमा रहेको गाडी शुक्रबार विहान सडकबाट झण्डै ५० मिटर पर पुगेको थियो ।

कमेन्टहरु
Loading...