जगदम्बा स्टिलमा अचानक विस्फोट

काठमाडौं, २४ असाेज । देशकै ठूलो स्टील्स उद्योग जगदम्बा स्टिलमा आज विहान विस्फोट भएको छ । आन्तरिक रुपमा प्राबिधिक समस्या आएर भएको विस्फोटमा पाँच जना मजदुर घाइते भएका छन् ।
आज विहान ७ः४० बजेको  समयमा कवाडी समान भट्टीमा हालेर पगाल्ने क्रममा अचानक विस्फोट भएको जनाइएको छ । सो क्रममा फलामको टुक्राले लागेर पाँच मजदुर घाइते भएको ईलाका प्रहरी कार्यालय, सिमराले जनाएको छ ।

             घाइते हुनेमा सितामणी बिहारका २२ वर्षीय कमलेश राय, २३ वर्षीय नरेश सहनी, २३ वर्षकै सन्दीप कुमार, २० वर्षीय पञ्कजकुमार र मोतीहारी घर भएका ३५ वर्षीय विनायक सिंह घाइते छन् । घाइतेमध्ये कमलेश, नरेश, सन्दीप र पञ्कज कुमारको अवस्था गम्भीर छ । उनीहरुको अहिले वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...