गाई काटिरहेको अवस्थामा दुई दाजुभाइ रङ्गेहात पक्राउ

पौष १४,
गाई काटिरहेको अवस्थामा दुई जना दाजुभाइलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ। बर्जु गाउँपालिका-५ मा बस्ने ४८ बर्षीय कलाम अन्सारी र उनका ३८ बर्षीय भाई सावादिन अन्सारीलाई प्रहरीले गाई काटीरहेको अवस्थामा पक्राउ गरेको हो।

प्रहरी टोलीले उनीहरुलाई बिहीबार राति पक्राउ गरेको हो। दुबैलाई सोही ठाउँ बस्ने लुकमान अन्सारीको आँगनमा गाई काट्दै गरेको अवस्थामा प्रहरीले फेला पारेको थियो।

यस विषयमा थप अनुसन्धान भइरहेको छ।

कमेन्टहरु
Loading...