गगन थापालाई भेट्न अस्पतालमा पुगेका राजन भट्टराईलाई मुक्का प्रहार

 मंसिर– काठमाडौं ४ का कांग्रेस उम्मेदवार गगन थापा बम बिस्फोटमा घाइते भएको खवर पाएलगत्तै थापालाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका एमाले नेता तथा थापाका प्रतिस्पर्धी डा. राजन भट्टराईमाथि उनीमाथि गगनका कार्यकर्ताले दुर्ब्यवहार गरेका छन् । चपलीमा बम विष्फोट भई थापा घाइते भएको खवर पाउनासाथ आफ्नो चुनावी कार्यक्रम छोडेर डा. भट्टराई सिधै शिक्षण अस्पताल पुगेका थिए ।

घाइते थापासहित सबैलाई उपचारका लागि शिक्षण अस्पताल लगेको जानकारी पाएपछि भट्टराई आफ्ना दुबै प्रदेशसभाका उम्मेद्वार निर्मल कुइकेल र कुसुम कार्कीलाई सँगै लिएर त्यहाँ पुगेका थिए । तर, अस्पताल परिसरमा रहेका गगनका कार्यकर्ताले भट्टराईमाथि हातपात गर्न खोजेपछि अप्रिय स्थिति उत्पन्न हुने भन्दै भट्टराई गगनलाई नभेटी फर्के ।

भट्टराई अस्पताल पुग्ने बित्तिकै त्यहाँ रहेका थापाका सहयोगी र कांग्रेस कार्यकर्ताले ‘यो घटना नै तेरो हो भन्दै’ आक्रमणको प्रयास गरेका थिए । अस्पताल परिसरमा उपस्थित प्रत्यक्षदर्शीका अनुसार, एकजना बागबुट्टे टोपी लगाएका कानमा मुन्द्रा झुण्ड्याएका थापाका कार्यकर्ताले भट्टराईका सहयोगी पुष्प भट्टराईमाथि मुक्का प्रहार गरे । राजन भट्टराईमाथि पनि पनि गगन समर्थक युवाहरुले धक्कामुक्का गर्दै आउन थालेपछि उनी त्यहाँबाट फर्किए ।

‘गगनजीमाथि भएको आक्रमणको म तीब्र निन्दा गर्दछु । कायरतापूर्ण आक्रमणमा संलग्न तत्वको खोजी गरी कारवाही गर्न सरकारसँग माग गर्दछु’ भट्टराईले भने, ‘दुःखको यो घडीमा म गगनजीकै साथमा छु ।’ शिक्षण अस्पतालबाट फर्केपछि भट्टराईले आफ्नो फेसबुक पेज मार्फत बम बिस्फोटको कडा भत्र्सना गरे । ‘बुढानिलकण्ठ नगरपालिका–२ चपलीमा नेपाली कांग्रेसको चुनावी घरदैलो कार्यक्रम लक्षित बम बिस्फोटको भत्र्सना गर्दछु । बिस्फोटबाट घाइते हुनु भएका मेरा मित्र तथा यस क्षेत्रका प्रतिनिधिसभा उम्मेदवार गगन थापा लगायत सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु’ भट्टराईले उल्लेख गरेका छन् ।

कमेन्टहरु
Loading...